नियम
कोषको प्रयोग

(१) कोषमा जम्मा भएको रकम देहाय बमोजिमको कार्यमा खर्च गरिनेछः –

(क) गम्भीर विरामी भई औषधोपचार गराउन नसक्ने अवस्थाका राष्ट्रिय जीवनका ख्याति प्राप्त व्यक्तिको औषधोपचारमा सहयोग गर्ने,
(ख) आर्थिक अवस्था दयनीय भएका व्यक्ति बिरामी परी औषधोपचारका लागि अस्पताल ल्याउँदा र अस्पतालबाट लैजाँदा सहयोग गर्ने,
(ग) दैवी प्रकोप वा दुर्घटनामा पर्नेहरूलाई उद्धार गर्न, सद्गत वा काजक्रिया खर्च वापत मृतकका आफन्तलाई सहयोग गर्ने,
(घ) आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएका सामाजिक संघ संस्थाहरूलाई कुनै विशेष कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने,
(ङ) कमजोर आर्थिक अवस्था भएकालाई सहयोग गर्ने । (२) उपनियम (१) बमोजिम कोषबाट खर्च गरिने सहयोग रकम प्रधानमन्त्रीले तोके बमोजिम हुनेछ ।